अन्तर्राष्ट्रिय समाचार

१०४ वर्षीया यी वृद्धाले जितिन् को’रोनालाई, १२औँ पटकको परीक्षणपछी घर फर्कीइन् !

सउल । दक्षिण कोरियामा १०४ वर्षीया एक को’रोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा को’रोना स’ङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना सं’क्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो ।

उनलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घ’टेको थियो । स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनी ठीक भएकी छिन् । चोईको १२ पटकसम्म को’रोना परीक्षण गरिएको थियो । उनको नवौँ पटकबाट को’रोना स’ङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो । डिस्चार्जका समयमा पुष्पगुच्छासहित उनलाई सम्मान गरिएको थियो । उनले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिइन् ।

Related Articles

Back to top button
Close