Monday, April 6

म’दि’रा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको निधन, दुई सिकिस्त

March 13, 2020 90

जनकपुरधाम– म’दिराको से’वन’बाट होली पर्वका दिन धनुषामा ६ जनाको निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अ’त्या’धिक म’दि’रा से’व’नको कारण क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जना गरी ६ जनाको निधन भएको हो ।

निधन हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

म’दिरा से’व’न गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति निधन भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

मृ’तक छ जनाको श’व पो’ष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। स्थानीयका अनुसार गाउँकै तारापट्टीबाली भन्ने महिला र रामानन्द सा’हको म’दि’रा भट्टीमा उनीहरुले सँगै बसेर म’दि’रा से’व’न गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

फरार बाबु–छोरा पक्राउ

चौध वर्षअघि ‘ह”त्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई ‘गो”ली ‘हा”नी ‘ह”त्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

आरोपितले विसं २०६२ असोज १७ गते ‘ह”त्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्या’नको उजुरी दर्ता गरेको थियो । घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए । प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितलाई आज साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्