Monday, January 27

कति छ बाहुबलीकी आमाको सम्पत्ति ?

January 12, 2020 248

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् राम्या कृष्नन सेन । उनी कुनै समय बलिउडका केही फिल्महरुमा पनि अभिनय गरेकी थिइन् ।उनको जन्म १५ सेप्टेम्बर १९७०, तामिलनाडुमा भएको थियो । उनको श्रीमानको नाम पशुपुलेटी हो । उमेरले ४९ वर्ष लागेकी उनी आज पनि दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् ।

उनले अनिभय गरेको फिल्म बाहुबली सुपर हिट भएको थियो भने उनको अभिनयको चौतर्फी तारिफ भएको थियो । उनले बाहुबली फिल्ममा बाहुबलीको आमाको भुमिका थिइन् ।

उनले डेब्यु गरेको फिल्म कान्छु कगडा हो । उनले टिभी सिरियलमा पनि काम गरेकी छिन् । करिअरको सुरुवात मोडलबाट गरेकी उनी आज दक्षिण भारतीय फिल्मकी सबैभन्दा चर्चित पात्रका रुपमा परिचीत छन् ।

उनले एउटा फिल्ममा अभिनय गरेको २५ लाख देखि २.५ करोडसम्म लिने गरेकी छिन् ।उनको नेटवर्थ ४५ करोड रहेको छ । उनीसँग अउडी क्विउ ५, टोयटा इनोभा, मर्सिटिज बेन्ज जस्ता कारहरु रहेका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्