Banner newsभिडियो

ज्ञानेन्द्र शाहीलाई भक्तपुरमा उनकै समर्थकका युवाले धिमे बाजा बजाएर लखेटे (भिडियोसहित)

राजतन्त्रको वकालत गर्दै वर्तमान सरकारको निकै आलोचना गर्ने ज्ञानेन्द्र शाही विरुद्ध भक्तपुरका युवाहरुले जुलुस प्रदर्शन गरेका छन् । ज्ञानेन्द्र शाहीकै आन्दोलनमा लागेका युवाहरु अहिले उनको विरुद्ध उत्रिएका हुन् । वर्तमान सरकारको चर्को आलोचना गरेका कारण चर्चामा आएका शाहीले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा सडक संघर्ष गर्दै आएका छन् । तर उनका अभिब्यक्ति निकै उत्तेजक हुने गरेको छ । शाहीले प्रयोग गर्ने शब्दहरु पनि निकै उत्तेजक हुन्छन् । शाहीकै आन्दोलनमा सरीक भएका भक्तपुरका युवाहरुले धिमे बाजा बजाएर कार्यक्रम स्थलबाट उनलाई लखेटेका छन् ।

भक्तपुरको सूर्यविनायकमा गएर सरकार विरुद्ध उत्तेजक अभिब्यक्ति दिएका शाहीलाई उनकै समर्थकले लखेटेका हुन् । धिमे वाजा बजाएर नारावाजी गरेका युवाहरुले राजतन्त्र चाहिदैन, ब्यक्तिगत स्वार्थका लागि सर्वसाधारण प्रयोग गर्न पाइदैन जस्ता नारा लगाएका थिए । उनीहरुले सोही नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

शाहीको कृयाकलापले समाजमा वितृष्णा, मनमुटा सिजर्ना गराई देश तथा समाजमा अराजकता फैलाउने कार्य गरेको भन्दै युवाहरुले धिमे बाजा बजाएर लखेटेका हुन । युवाहरुले पार्टीगत तथा व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गर्दै सर्वसाधारणलाई प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।

Related Articles

Back to top button
Close