समाचार

काठमाडौं महानगरपालिकाका सफाई कर्मचारी सहित ३१ जनामा देखियो आरडिटी पोजेटिभ

काठमाडौं, २ जेठ । कोरोना संक्रमित काठमाडौंमा पनि भित्रिएपछि सरकारले उपत्यकामा कोरोना जाँच तिब्र बनाएको छ । शुक्रवार प्रारम्भिक जाँच (आरडिटी) गरिएका मध्य काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ।

शुक्रबार गरिएको प्रारम्भिक जाँच (आरडिटी) परिक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए। आरडिटी जाँचमा कोरोना देखिएका अधिकांश सफाइ कर्मचारी हुन् ।

महानगरले स्वास्थ्य विभागको समन्वयमा विहीबारबाट परीक्षण थालेको थियो । शुक्रबार ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ ।
जसमध्ये आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको महानगरपलिकाको स्वास्थ्य विभाग प्रमुख बज्राचार्यले जानकारी दिए ।

पीसीआर विधिबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए। सफाई कर्मचारीको कोरोना परिक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा भएको थियो। आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

कलाकारका लागि सात हजार किलो चामल सहयोग

लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा आज २७० कलाकारका लागि छ हजार ७५० किलो चामल र ८२५ किलो दाल हस्तान्तरण गरिएको हो ।

उपलब्ध खाद्य सामग्रीबाट कलाकारले एक –एक बोराका दरले चामल र तीन किलोका दरले दाल प्राप्त गर्ने चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा चलचित्र प्रवद्र्धधन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिए । कलाकारलाई लकडाउनका कारण ठूलो समस्या परेपछि आफूले मन्त्री मानन्धरमार्फत पहल गरेको जानकारी दिँदै अधिकारीले समस्यामा परेका कलाकारलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताए ।

विपद्का बेला चलचित्र क्षेत्रका श्रमजीवीका लागि अतिआवश्यक खाद्यान्न उपलब्ध गराइदिएकामा चलचित्र उद्योग निकै खुशी भएको उल्लेख गर्दै निर्माता उनले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफूहरुका लागि अमूल्य सहयोग भएको बताए ।

उक्त सामग्री आदिवासी जनजाति महासङ्घका ५०, नृत्य सङ्घका ४०, निर्देशक समाजका तर्फबाट सहायक निर्देशक २५ जनालाई एक–एक बोरा चामल र तीन किलोका दरले दाल उपलब्ध गराइने छ ।

Related Articles

Back to top button
Close