समाचार

नेपालले कसैको आदेशमा लिपुलेकमा भारतलाई दो’ष दियो – भारतीय सेनाप्रमुख

काठमाडौं। भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमिको अ’तिक्रमण गरेको भनी नेपालले अरु कसैको आदेश बमोजिम भारतलाई दो’ष दिएको आ’रोप लगाएका छन्। उनले चीनलाई संकेत गर्दै त्यसो भने पनि नेपालले कसको आदेशमा त्यसो गरेको भन्ने नाम भने उल्लेख गरेनन्। ‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरवि’रोध भएको छैन,’ भारतीय सञ्चारमाध्यमहरुले उनलाई उ’द्धृत गर्दै समाचार प्रकाशित गरेका छन्।

नेपालको भूमि अ’तिक्रमण गरी लिपुलेकमा सडक बनाएको नेपाल सरकारबाट र सर्वदलीय तथा सर्वपक्षीय रुपमा चर्को आ’लोचना भइरहेका बेला भारतीय सेना प्रमुखले नै भारतीय कदमको प्रतिरक्षा गरेका हुन्। ‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै वि’वाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,’ त्यहाँको एक थिंकट्यांकले आयोजना गरेको वेविनारमा आफ्नो धारणा राख्दै उनले भने, ‘त्यसकारण, उनीहरु किन आ’न्दोलित भइरहेका छन्, मलाई थाह छैन।’

नेपालले अरु कसैको आदेश बमोजिम त्यसो गरिएको हुनसक्छ भन्ने विश्वास गर्ने कारण रहेको दा’बी गर्दै त्यसको धेरै संभावना रहेको जिकिर समेत गरे। ‘ट्राई–जङसन (भारत–चीन–नेपालको) ठ्याक्कै कहाँ हुनुपर्छ, भन्नेलगायत केहि साना विषयहरु मिलाउन बाँकी छन्,’ उनको दा’बी छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नेपाली भूमि लिपुलेक हुँदै बनाएको सडकको गतसाता उद्घाटन गरेपछि भारतको सो एकपक्षीय कदमको चर्को आ’लोचना भइरहेको छ। सो सडक चीन अध्ययन समूहको निर्देशनमा बनेको र त्यसका लागि इन्डो–चाइना बोर्डर फण्डबाट लगानी गरिएको समेत भारतीय सञ्चारमाध्यम इण्डियनएक्सप्रेसले जनाएको छ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button
Close