समाचार

काठमाडौं महानगरका ३१ जना कर्मचारीमा आरडीटी को’रोना पोजेटिभ

काठमाडौं। काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा को’रोनाभा’इरसको आ’शंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट को’रोना परीक्षण गरिँदा ३१ जनामा को’रोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिए । उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा को’रोना परीक्षण गर्दा ३१ जनामा को’रोना पोजेटिभ रिपोर्ट आएको हो ।

उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा को’रोना पोजेटिभ आएको हो । पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ ।

यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै को’रोना भए-नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । को’रोनाका संकास्पद बि’रामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

Related Articles

Back to top button
Close