Monday, April 6

नायिका आँचल शर्माले गरिन धुमधामले विवाह

March 12, 2020 139

काठमाडौं । नायिका आँचल शर्मा र डा. उदिप श्रेष्ठबीच आज विवाह धुमधामले सम्पन्न भएको छ ।प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँठो कसेकी हुन् ।बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो ।।बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको थियो ।एक वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ ।

आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।आज पारिवारिक माहोल बीच आंचलको विवाह सम्पन्न भएको हो । आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा निम्त्याएकी छिन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी छैनन् । शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गर्दैछिन् ।आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् ।

Loading...

प्रतिकृया दिनुहोस्