Banner newsसमाचार

काठमाण्डौँमा विप्लवको बन्दको प्रभाव देखिएन

काठमाडौं, १५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा देखिएको छैन । काठमाडौंका मुख्य सडकहरुमा बिहानैदेखि निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले सुरक्षाका कारण लामो दूरीका सवारी भने चलेनन् । काठमाडौंवाट छुट्ने र अन्य जिल्लावाट काठमाडौं भित्रने लामो दुरीका सवारी साधन सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीले बताएका छन् ।

काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन् । निजी विद्यालयहरुले भने अघोषित रुपमा बन्द गरेका छन् । विप्लवको बन्दको कारण देखाउँदै विद्यालय प्रशासनले आफ्ना छोराछोरी विद्यालय नपठाउन आग्रह गरेपछि अभिभावकले विद्यालय पठाएका छैनन् ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले बन्द आह्वान गरेको भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आम जनताको सम्पूर्ण सुरक्षा सरकारले लिने भन्दै बन्दको हल्लाका पछि नलाग्न गृहप्रशासनले आग्रह गरेको छ। विप्लव समूहले उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीको विरोधमा बन्द आह्वान गरेको हो ।

Related Articles

Back to top button
Close