समाचार

धादिङकी कोरोना संक्रमित महिला काठमान्डौंमा ब्युटिपार्लर सञ्चालन गर्थिन्

धादिङकी ३० वर्षीया कोरोना संक्रमित महिला गल्छि गाउँपालिका वडा नम्बर ८ कटुवालपौवाकी भएको खुलेको छ ।

उनी काठमान्डौंको सतुङगलमा व्युटी पार्लर सन्चालन गर्दै आएकी थिइन् ।

सम्बन्धित विषय
थप ९ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो
मन्त्रालयको गलत सुचनाका कारण पाँच जना संक्रमित बढे
बुधबार कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्जकी महिला नारायणी अस्पतालकी नर्स
लकडाउन अलि खुकुलो भएपछि उनी घर गोगनपानी गएकी थिइन् । घरमा १५ दिन बसेर पुनः काठमाण्डौ फर्किएकी थिईन ।

काठमान्डौं पुगेपछि ज्वरो खाउने र खोकी आउने समस्या भएपछि परिक्षण गराउन जाँदा कोरोना पोजेटिभ देखिएको हो ।

घरमा बस्दा मेलपात तथा गल्छि बजार आवत जावत गरेको पनि खुलेको छ ।

अहिले गल्छि गाउँपालिकालाई सिल गर्ने तयारी भईरहेको छ ।

धादिङ्ग जिल्लामा कोरोना संक्रमण भएका व्यक्तिको संख्या २ पुगेको छ भने एकजना निको भएर फर्केका छन् ।

यसअगाडी धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर २ सेमजोङ घर भएका उर बहादुर तामाङले कोरोना बिरुद्धको लडाइ जितेर अहिले घरमा नै बसिरहेका छन् ।

Related Articles

Back to top button
Close