अन्तर्राष्ट्रिय समाचार

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघ्याे, ४५ लाख १७ हजार बढी संक्रमित

काठमाडाैं, २ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३ हजार ७० पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४५ लाख २१ हजार १७७ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १७ लाख २ हजार ११३ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे पाँच गुणा बढी हाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८९ हजार ९०१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ४५ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख १७ हजार ९८८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ५१ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार २४० अवस्था गम्भीर रहेको छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७२ हजार ८४६ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ३२१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ८६ हजार ४८० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५८ हजार ८४५ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ३७८ काे अवस्था भने गम्भीर रहेको छ ।

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख ५२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ३०५ पुगेकाे छ । संक्रमितमध्ये ५३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ९६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३३ हजार ६१४ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ३३ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ९९ हजार बढीमा काेराेना कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

इटालीमा स्पेन र रूसमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१ हजार ३६८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख १५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ७६ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ८ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख २९ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १३ हजार ९९३ पुगेकाे छ । संक्रमितमध्ये ७९ हजार ४७९ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

Related Articles

Back to top button
Close