Banner newsसमाचार
विप्लव नेकपाको १५ जिल्ला बन्दका कारण जनजीवन पूर्ण प्रभावित, ठाउँ ठाउँमा बम विस्फोट
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण काठमाडौँसहित देशका केही क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
विप्लव नेकपाले केन्द्रीय सदस्य तथा काठमाडौँ उत्पयका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारायण र जनकपुर (रामेछापा र दोलखा) मा बन्द बुधबार बन्द आह्वान गरेको हो
बन्दका कारण सडकमा सार्वजनिक सवारी साधान कम चलेका छन् ।माइला लामालाई प्रहरीले गएको शनिबार राति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेपछि विप्लव नेकपाले बन्दको आव्हान गरेको बताएको छ ।