Saturday, April 4

कतारमा फैलियो कोरोना : संक्रमितको संख्या २ सय ६२ पुग्यो

March 11, 2020 1032

काठमाडौं २८ फागुन / गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको (कोभिड-१९) मोरोना भाइरसको संक्रमण चीनमा कम हुँदै गएपनि अन्य देशमा तिव्र गीतमा फैलिरहेको छ । कोरोनाले नेपालीलाई पनि अछुतो भने राखेको छैन अहिलेसम्म नेपाल बाहिर रहेका ३ नेपालीमा कोरोना भाइरस पुष्टि भइसकेको छ ।

अन्य देशहरुसँगै कतारमा थप २ सय ३८ जनामा कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ । कतारको स्वास्थ्य मन्त्रालयले बुधवार थप २ सय ३८ जनामा यसको संक्रमण देखिएको पुष्टि गरेको छ ।

यो संगै कतारमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । नयाँ भेटिएका बिरामीहरुको गत आइतबार संक्रमण भएका तीनवटा घटनासँग सम्बन्ध रहेको बताइएको छ । उनीहरु एक आवासीय कम्पेक्समा बस्थे ।

खाडीमुलुकको सानो देश मध्यमा कतार पनि एक हो, कतारमा ठुलो सङ्ख्यामा नेपाली कामदारहरु कार्यरत छन् । कोरोनाको महामारी तिव्र गतिले फैलिरहेको बेला विदेशमा रहने हरेक नेपालीले उच्च सतर्कता अपनाउनु पर्ने जरुरी देखिन्छ ।

Loading...

प्रतिकृया दिनुहोस्