गोदाममै थन्कियो बाढीपहिरो पीडितकालागि प्रदेश १ सरकारले पठाएको राहत
उदयपुर । उदयपुरको ताप्ली र लिम्चुङबुङ गाँउपालिकका बाढीपहिरो पीडितका प्रदेश १ सरकारले पठाएको राहत गोदममै थन्किएको छ ।वास्तविक पीडितका पहिचान नहुदाँ राहात गोदाम मै थन्किएको हो ।
असार अन्तिमको वर्षातसँगैको बाढी पहिरोले सडक अवरुद्ध भएपछि ताप्ली र लिम्चुङबुङ गाँउलिकामा खाद्यान्न अभाव भएको भन्दै स्थानीय सरकारको माग अनुसार प्रदेश सरकारले आपतकालीन राहतका लागि दाल, चामल, नून र तेल पठाएको हो।
हेलिकप्टरमार्फत प्रदेश सरकारले राहत पठाएको खाद्यान्न ५ दिन वितिसक्दा पनि वितरण हुन सकेको छैन। विपद् व्यवस्थापन समिति अध्यक्ष तथा गाँउपालिकाको प्रवक्ता समेत रहेका लिम्चुङबुङ—५ का वडाध्यक्ष केशर खड्काले राहत भन्दा माग्नेको सख्या बढि भएकोले वितरणमा ढिलाई भएको बताएका छन् ।
बाढीपहिरोको अनुगमन भइरहेकोले वास्तविक पीडित पहिचान गरेर चाँडै राहत वितरण गरिने वडाध्यक्ष खड्काले बताए । ताप्ली गाँउपालिकाले आएको राहत वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय समिति बनाएर वितरण गर्ने तयारी गरेको जनाइएको छ ।