समाचार

आवश्यक परे लड्न तयार छौं तर देशको माटो कसैलाई दिन सक्दैनौंः मगर संघ

भारतले नेपाली भूमी मिचेर बाटो बनाएकोप्रति आपत्ति जनाउँदै नेपाल मगर संघले यो समस्याको समाधान तत्काल वार्ता र संवादको माध्यमबाट गर्न नेपालर सरकारको ध्यानाकर्षण गराएको छ । संघले हाम्रो मातृभूमीलाई आफ्नो ठानेर भौतिक संरचना बनाउनु भारतको गम्भिर गल्ती भन्दै भारतको त्यस्तै रवैया रहेमा अग्रमोर्चामा रहेर लडाइँ लड्ने चेतावनी दिएको छ ।

अध्यक्ष नबिन रोकामगर र महासचिव ज्ञानेन्द्र पुन मगरद्धारा जारी संयुक्त विज्ञप्ति मार्फत यस्तो चेतावनी दिइएको हो । विज्ञप्तिमा भारतको त्यस्तो विस्तारवादी र हैकमवादी रवैयाको कुनैपनि हालतमा सहन नसकिने भन्दै नेपालले तत्काल यो समस्याको समाधानमा पहल लिनुपर्ने र सबैले त्यसमा सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

विज्ञप्तिमा भारतको सो हरकतको तिब्र निन्दा गर्दै सुगौली सन्धीमा नै नेपाल र भारतको पश्चिमको सिमा महाकाली नदीलाई मानिएको र त्यसयताका लिम्पियाधुरा, गुञ्जी, कुटी, लिपुलेक तथा कालापानी नेपालकै भूभाग भएको भन्दै ती भूभाग कुनैपनि हालतमा गुम्न नदिने दावी गरिएको छ । ती भूभागहरु समेटेर भारतले नक्सा जारी गर्नु निन्दीय कार्य भएको भन्दै नेपालसित जिम्मेवार छिमेकी राष्ट्रको व्यवहार गर्न भारतलाई सुझाव दिइएको छ ।

Related Articles

Back to top button
Close