समाचार

झापामा ११ वर्षीय बालक मृत अवस्थामा फेला

झापा / झापाकाे बाह्रदर्शी गाउँपालिका २ बस्ने रोहित मलीक डुमको छोरा ११ वर्षीय सागर मलीक डुम बिरीङ खोलामा मृत अवस्थामा फेला परेका छन । साेमबार दिउँसो साढे १२ बजे सोहि स्थान बस्ने १२ बर्षीय बादल मलीक र सागर साईकलमा खेल्न भनी हिडेका थिए । साझ सम्म उनिहरू घर नफर्कीपछी आफन्तले खाेजी खोजतलास गर्न थालेका थिए ।

खोजतलासका क्रममा आफन्तले सोहि स्थानमा रहेको घाग्रा खोलाको किनारमा उनिहरुले लगेको साईकल र लगाएको कपडा फेला परेको भनी ईलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान ९ बजे बाह्रदर्शी गाउँपालिका १ स्थित बिरीङ खोलामा सागरको शब फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनि संगै गएका बादल मलीकको खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । जिप्रका झापा बाट खटिएको प्रहरी निरिक्षमको टोली घटनास्थलमा पुगी मुचुल्का गर्ने क्रममा मृतक रोहित मलिक डुम को छोरा बर्ष ११ को सागर मलिक डुम नभई सन्तोष मलिक डुमको छोरा बर्ष १२ को बादल मलिक डुम भनी आफन्तले सनाखत गरेकोले शवको कानुनी प्रक्रिया पुरा गरी पोष्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएकाे छ ।

Related Articles

Back to top button