समाचार

कोरोना पुष्टि भएकी बालिकालाई आमा र हजुरवुवाले दुध बोक्ने गाडीमा टिचिङ हस्पिटल ल्याएका थिए

कपिलवस्तु, काठमाडौंको महाराजगञ्ज टिचिङ हस्पिटलमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको वाणगंगाकी बालिकालाई दुध बोक्ने गाडीबाट त्यहाँ लगेको पाइएको छ । ठाकुरापुरका स्थानीयले यो कुरा बताएपछि भएको थप अनुसन्धानले यो विषय प्रष्टाएको हो ।घाँटी दुख्ने व्यथाले च्यापेपछि बालिकाका परिवारले तत्काल बालिकालाई दुध बोक्ने गाडीको सहायता खोजेका हुन् । गजेहडास्थित एक डेरी उद्योगको गाडीबाट उनलाई बैशाख २७ गते बेलुका काठमाडौं उपचारका लागि लगिएको थियो ।

विहानपख एम्बुलेन्सको माध्यमबाट बालिकालाई काठमाडौं उपचारका लागि लगिएको भनिएपनि दिउँसो मात्र दुध डेरी उद्योगको गाडी भएको पाइएको हो । उनलाई कोरोना हस्पिटलबाट हो कि घरबाट लागेको हो अझै खुल्न सकेको छैन् । महाराजगञ्ज हस्पिटलमा यो विषयमा अनुसन्धान भैरहेको जनाइएको छ ।बालिकाको यसभन्दा अगाडी चार पटक घाँटीको अपरेशन गरिएको थियो । अहिले उनीसंगै हजुरबुवा र आमासंगै छन् भने बुवा रोजगारीको शिलशिलामा भारत रहेका छन् ।बालिकालाई लु १ क ३२३९ नम्बरको गाडीले काठमाडौं लगेको हो भने गाडीका चालक वाणगंगा ४ का सीताराम थारु रहेको खुलेको छ ।

बालिकालाई काठमाडौं लैजाने गाडी, चालक र डेरी उद्योगलाई कपिलवस्तु प्रहरीले सिल गरेको छ ।घरमै रहेकी बालिकालाई उपचारको क्रममा अस्पिटल लैजादा कोरोना संक्रमण देखिए पछि जिल्लामा विभिन्न चर्चा उठ्न थालेको छ । घर हुँदै उनमा कोरोना संक्रमण भएको पाइए स्थिति झन जटिल हुने अनुमान छ । गाउँमा यी बालिका र यिनीका परिवार धेरै जनासंग सम्पर्कमा रहेकाले स्थिति जटिल बनेको हो ।तस्बिर : फाइल

Related Articles

Back to top button
Close