समाचार

गुल्मीमा दिदी भाई पर्नेबीच प्रेम: युवतीको रहस्यमय मृ’त्यु (भिडियो)

गुल्मी, मदानी गाउँपालिका ४ काभ्रेगाउँकी २३ वर्षकी मिना कुँवरले फेसवुकमा निकै मार्मीक स्टाटस लेखेकी थिइन् । घरको आर्थिक अवस्था कमजोर भएर विदेशीएका दाजु भारतमै हराए ।

त्यसैले मिनाकै काँधमा वृद्ध भएका आमावुवालाई पनि सघाउने जिम्मेवारी आयो । त्यसैले उनी गुल्मी छोडेर काठमाडौं आइन् । १२ कक्षामा पढ्दै गरेकी मिना सामाजिक सञ्जालमा सकृय थिइन् । काठमाडौंमा १२ कक्षामा पढ्दै थिइन् ।

उनीसंग फेसवुकमा एक युवक पनि जोडिन्छिन् । लामो समय सम्म उनी युवकसंग फेसवुकमै कुराकानी हुन्छ । चिनजानवाट सुरु भएको त्यो सम्बन्ध प्रेममा परिणत हुन्छ । वैदेशिक रोजगारीमा रहेका युवक आफ्नो गाउँ फर्कने बताउँछन् ।

अनिल कुँवर विदेशवाट आएर मिनालाई पनि लिएर उनी कावासेती स्थित आफ्नो दिदीकोमा जान्छन् । कावासेती पुगेका उनीहरु फुलवारीमा घुम्न जान्छन् तस्बिर खिच्छन् । अनि अर्को दिन आफ्नो गाउँ गुल्मी जान्छन् ।

उनीहरु भान्जीलाई लिएर गुल्मी जान्छन् । उनीहरु दुवैको गाउँ एउटै थियो । मिनालाई एक दिन अनिललाई घरमा बोलाउँछन् । मिना अनिलको घरमै जान्छिन् । एक दिन र एक रात अनिलकै घरमा बस्छिन् ।

अनिलको घरमा गएपछि अनिलको आमाले हामी नातेदार हौं, दिदी भाईबीचको सम्बन्ध समाजले स्वीकार्दैन, तिमीहरुले यस्तो गल्ती नगर भनेर मिनालाई सम्झाएको बताउँछिन् । त्यसको भोलीपल्छ उनीहरु नजिकैको जंगलमा बसेको थाहा हुन्छ ।

नयाँ वर्षसंगै मनाएका मिना र अनिललाई जंगलमा संगै बसेको देख्नेहरु पनि छन् । तर भोलीपल्ट सम्म पनि मिना आफ्नो घर फर्किन्निन् । खोजि हुँदा उनको श व भिरमा ल डे को अवस्थाा देखिन्छ ।

अनिलको आमाले उनीहरुको बिचमा सम्बन्ध भएको थाहा पाए पनि समाजमा वेइज्जत हुने डरले घरका अरु सदस्यलाई पनि सुनाउँदिनन् । आफैले दुवै जनालाई आफ्नो आफ्नो बाटो लाग्न सुझाव दिन्छिन् । तर यसै बिचमा मिनाको रहस्यमय निधन हुन्छ ।
उनको निधन कसरी भयो अहिले यो अनुसन्धानका क्रममा छ ।
भिडियो-

Related Articles

Back to top button
Close