समाचार

युएईमा ६ जना नेपालीलाई बंगलादेशीले मरणासन्न हुने गरी पिटेर बनाए यस्तो हालत

काठमाडौं, १ जेठ । युएइको जबिल अलीस्थित फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा नेपाली कामदारहरुलाई कु’ट’पि’ट गरिएको छ । कु’ट’पि’टबाट हुँदा पाँच नेपाली घाइते भएका छन् ।

बाङ्लादेश मुलका कम्पनीका सुपरभाइजर र अरु विदेशी कामदार मिलेर नेपालीहरुलाई कु’टेको पी’डितहरुले बताएका छन् । ‘कोठामा ६ जना थियौं मोबाइलमा लुडो र क्यारेमबोर्ड खेलिरहेका बेला उनीहरु आएर म’र्ने गरी पाइपले पि’टे । कोठा बाहिर तल लगेर पनि फेरि कु’टे । हामी कोठामा साथीहरु मात्र थियाैं तर एक्कासी आएर किन कु’टे हामीलाई पनि थाहा छैन,’ पी’डितमध्येका एक राम स्याङ्तानले भने ।

‘हामीलाई पिट्ने अहिले प्रहरीबाट मुक्त भएर खुलेआम घुमेको छ । हामीमाथि अन्याय भएको छ ,कतिबेला के हुन्छ हामी त्रासमा छौं,’ उनले थपे । उनको शरीरभरी निलडाम र टाउकोमा घा’उ छ । यसरी नि’र्घात कु’ट’पि’टमा परी घाइते हुनेहरुमा राम स्याङ्तान, बिष्णु दर्लामी, गणेश पुरी, अजय सुनारी र मान बहादुर स्याङ्तान छन् ।

यो विषयमा पी’डितहरुले युएईस्थित नेपाली राजदूतावाससँग गुहार मागेका छन् । उनीहरु आफूले नै दूतावासलाई फोन गरी घटनाबारे जानकारी पनि गराएका हुन् । तर दूतावासले कस्तो सहयोग गर्छ वा आ’क्र’मणकारीमाथि कानुनी कारवाहीका लागि युएईको सरकारलाई भनेको छ कि छैन भन्ने जानकारी भने पीडितहरुलाई हालसम्म दिएको छैन ।

दूतावासका कुनै पनि सदस्यहरु निर्घात पिटाइमा परी घाइते भएका नेपालीहरुको अवस्था बुझ्न् हालसम्म त्यहाँ पुगेका पनि छैनन्। दूतावासबाट सहयोग हुन्छ कि हुन्न भन्नेमै पी डितहरु दोधारमा छन् । तर, आशा भने मारेका छैनन् ।
यो घटनापछि सो क्षेत्रमा रहेका नेपालीहरु त्रसित छन्। ‘कतिबेला कसलाई के हुने हो भन्ने डर हामीमा छ हामी त्रसित छौं,’ राजु पराजुलीले भने ।

Related Articles

Back to top button
Close