समाचार

चोरबाटो हुदै लुकिछिपी यसरी भित्रदैछन् काठमाडौमा मानिस, विहान ३ वजे देखि राती ११ वजे सम्म मानिसको ताँती

काठमाडौं । तराईका जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि अहिले लुकिछिपी काठमाडौं आउनेहरुको संख्या बढेको छ । पहुँचवालाहरु पास लिएरै काठमाडौं भित्रिएका छन् भने नहुनेहरु चोरवाटो काठमाडौं छिरिरहेका छन् । सवारी पास लिएरै काठमाडौं आएकी महिलामा भक्तपुरमा कोरोना पुष्टि भएको छ ।

वीरगन्जबाट खाद्यान्न बोकेको एउटा ट्रकमा तीन जना पुरुष पनि चढेका थिए । उनीहरु वीरगन्जबाटै आएका हुन् । जुन ठाउँमा मंगलबार मात्रै ३९ जना कोरोना संक्रमित देखिएका छन् । चालकले नागढुङ्गा भन्दा करिब ६ किलोमिटर तल खत्रीपौवाको अस्थायी चेकपोष्टमा उनीहरुलाई ओरालेपछि चोरवाटोका बारेमा थाहा भएको छ ।

काठमाडौं प्रवेश गर्न मूलबाटोवाट प्रहरीले भित्रन नदिने भएपछि पैदल यात्रुहरुले बिकल्पमा चोर बाटो रोजेका छन् । खत्रीपौवा खोलाको पुलबाट हिँडेरै नागढुङगा नजिकैका देउराली डाँडामा निस्कने वाटोमा अहिले दिनहुँ २ सय मानिस उकालो लाग्छन् । विहान ३ वजे देखि राती ११ वजे सम्म मानिसको ताँती हिड्ने स्थानियले बताएका छन् ।

नागढुङगाको चेकपोष्टमा आइपुगेर सुरक्षाकर्मीले फर्काइएका सर्वसाधरण ६ किलोमिटर तल खत्रीपौवा र १२ किलोमिटर परको नौबिसे पुगेर चोरबाटो हुदै थानकोट निस्किने गरेका छन् ।

नुवाकोटबाट काठमाडौं जान आउनेहरु गल्छीदेखि हिँडेर नागढुङगा नजिकै देउराली डाँडामा निस्किने पनि गरेका छन् । यो डाँडा हुँदै २४ सै घण्टा मान्छे आइरहेको बाडभन्जाङ देउरालीका स्थानिय बताउँछन् ।

उपत्यका बाहिरको जिल्ला प्रशासनमा पहुँच नहुनेहरु ट्रक, एम्बुलेन्स, निजी गाडीमा कोचिएर काठमाडौंको नाका नजिकैसम्म आउँछन् । गाडीले झारेपछि र प्रहरीले ओरालेपछि जंगलको बाटो हुँदै लुकेर काठमाडौं प्रवेश गर्छन् । पहुँच र चिनजानको आधारमा पास बनाएर आउनेहरु भने रोकतोक बिनै सहजै काठमाडौं छिर्न पाउछन् ।

Related Articles

Back to top button
Close