भिडियो

अरुलाई उपदेश दिने रवि लामिछाने आफै लकडाउन उल्लंघन गर्दै रात्रिभोजमा मस्त, भिडियो सार्वजनिक भएपछि भयो हंगामा (भिडियो हेर्नुस्)

काठमाडौं । लकडाउन पालना गर्न भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्ना हरेक जसो कार्यक्रममा भनिरहन्छन् । अत्यावश्यक परेर बाहिर जानुपर्दा सामाजिक दुरी कायम राख्न पनि सिकाउँछन् । तर उनै रवि लामिछाने सामाजिक दुरीको नियम लत्याउँदै लकडाउनको उल्लंघन गर्दै नायीका पुजा शर्माले आयोजना गरेको पार्टीमा सहभागी भएपछि उनका समर्थकले नै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा निधै धेरै फलोअर्स र समर्थक भएका टेलिभिजनकर्मी हुन् लामिछाने । उनले गरेका साना कृयाकलापमा पनि निकै धेरै प्रतिकृया आउँछन् ।

आफ्ना भनाईलाई पुष्टि गर्न निकै लामो र तार्कीक भूमिका बाँध्न सक्ने रविको कार्यक्रम निकै लोकप्रिय छ । उनले सोही कार्यक्रम मार्फत विदेशमा अलपत्र परेका थुप्रै नेपालीहरुको उद्दार गरेका छन् । कतै आवाज नसुनिएर अप्ठेरोमा परेकाहरु उनको टेलिभिजन कार्यक्रममा आफ्ना गुनासा राख्न पुग्छन् । मुलुक करिब दुई महिनादेखि लकडाउनको अवस्थामा छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्रह गरेको छ । भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभावी हिँड्न सरकारले प्रतिबन्ध लगाएको छ । यसलाई ध्यानमा राख्दै आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग गराएका थिए ।

सो कार्यक्रममा रविले भनेका थिए, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ । बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपिथपी खानुहोला ।’ तर, अहिले उनै रवि लामिछानेसहित चर्चित कलाकारहरु सहभागी रात्रि भोजको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, पत्रकार उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ । सो भिडियोको क्लिपमा लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । रात्रि भोजमा मस्त रहेका उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ ।

Related Articles

Back to top button
Close