समाचार

नेपालमा फेरि थपिए नयाँ कोरोना संक्रमित, संख्या २१९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २१९ पुगेको छ । आज(बुधबार) थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संख्या बढेको हो । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म नेपालमा कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म ३४ जना निको पनि भैसकेका छन् । यो सँगै कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

हालसम्म पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुर र काभ्रेमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close