मलाई दिएका सुरक्षा गार्ड राज्यले फिर्ता लैजाओस् : नारायणकाजी श्रेष्ठ
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई दिएका सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गर्नुभएको छ ।
देशको सीमामा खटिन सशस्त्र प्रहरीको अभाव भएको तर नेताहरुलाई राज्यले अनावश्यक रुपमा सुरक्षाकर्मी दिएको विषयमा चौतर्फी आलोचना भएपछि श्रेष्ठले आफ्नो सुरक्षा भन्दा देशको सुरक्षा ठूलो भएकाले सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गर्नुभएको हो ।
उहाँलाई सरकारले १२ जना सुरक्षाकर्मी उपलब्ध गराएको छ ।
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020