Saturday, April 4

कोरोना फैलिएको ८ देशबाट घर फर्किँदै हुनुहुन्छ ? नेपाली नागरिक घर फर्किँदा पनि सं’क्रमण नभएको प्रमाण चाहिन्छ-सक्दो सेयर गरौँ

March 10, 2020 270

२६ फागुन, काठमाडौं । सरकारले कोरोना सं’क्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ । यसरी आउँदा कोरोना सं’क्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात दिन कटेको हुनुहुन्न । सरकारले कोरोनाको संक्रमण धेरै देखिएको चीनका साथै इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको छ ।

त्यहाँका नागरिक नेपाल आउन चाहे नेपाली दूतावास वा नियोगमा कोरोना भाइरसको संक्रमण नभएको भनेर जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र बुझाउनुपर्छ, अनि मात्र भिसा पाउन सक्छन् । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर मात्र नेपाल प्रवेश गर्न सक्छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार उल्लेखित ८ देशमा रहेका नेपाली घर फर्किँदा पनि कोरोना संक्रमण नभएको भनि जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र पेश गर्नुपर्छ ।

यसरी आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने मन्त्री ढकालले बताए । ‘उनीहरुका लागि चीनबाट ल्याएका विद्यार्थीहरुलाई जस्तो सरकारले क्वारेन्टाइनमा राख्दैन’ उनले भने, ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।’ यसअघि सरकारले अनअराइभल भिसा दिन रोक लगाएपनि नेपाली फर्किन कडाइ गरेको थिएन । विमानस्थलमा ज्वरो जाँच गर्दा नदेखिए छाड्ने गरिएको थियो । दक्षिण कोरियाबाट फर्केका केही नेपालीमा कोरोना भाइरस सं’क्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल पुगेका थिए । तर उनीहरुमा सं’क्रमण पुष्टि भएको छैन ।

त्यसैगारी अहिले विश्वभर भयावह रुपमा फैलिएको को’रोना भा’इरस एकै परिवारका ५ जनामा देखिएको खबर आएको छ । यो नेपालको खबर भने होईन । भारतको केरला राज्यमा एउटै परिवारका ५ जनालाई को’रोना भा’इरस सकारात्मक देखिएको छ । भारतमा विरामीहरूको कुल संख्या ३९ पुगेको छ । प्राप्त जानकारी अनुसार, परिवार केही दिन अघि इटालीबाट फर्किएको थियो । इटली जहाँ यस भाइरसबाट प्रभावित व्यक्तिहरूको संख्या धेरै पुगेको छ। यो खबरले केरला राज्य नै आत्तिएको छ । केरला स्वास्थ्यमन्त्री केके सेलजाले भने कि परिवारका सदस्यहरूले विमानस्थलमा उनीहरूको भ्रमणको विवरण भने दिएका थिएनन् त्यसैले उनीहरूको छानबिन हुन सकेन ।

पाँच व्यक्ति मध्ये जसको छानबिन रिपोर्ट आयो, एक बच्चा पनि रहेको छ । राज्य स्वास्थ्यमन्त्रीले भने, ‘बच्चा र उसका आमा बुबा हालै इटाली गएका थिए । फर्केर आएपछि उनले केही आफन्तहरूलाई पनि भेटेका छन् ।ती आफन्तहरु अस्पताल पुगेका थिए जहाँ उनीहरुलाई को’रोना भा’इरसको लक्षण देखाए पछि अस्पतालमा भर्ना गरिएको थियो । पछि, पी’डितको परिवारलाई पनि अस्पतालमा छुट्टै राखियो ।’ उनीहरुले आफ्नो जानकारी लु’काएका कारण स’मस्या आएको बताइएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्