समाचार

फेरी थपिए २ जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या २१९ पुग्यो

धनुषा । धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ । प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ ।

त्यस्तै हिजो मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । मन्त्रालयका अनुसार पर्साका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Back to top button
Close