समाचार

खुसिको खबर : कोरोना बिरुद्द्को आयुर्बेदिक औषधि नेपालमा बितरण सुरु : उदयपुरकाे भुल्केबाट याे औषधि बाड्न थालियो

काेराेनाले नेपाली जनतालाई झन आक्रान्त बनाउदै लगेको बेला काेभिड १९ काे रोकथाम भन्दै एक नम्बर प्रदेश सरकारले अल नेपाल हाेमियाेप्याथी एशाेसिएशनकाे सहयाेगमा आर्सेनिकम एल्बम ३० सि नामक औषधि वितरण शुरू गरेकाे छ ।

याे औषधि सेवन गर्दा काेभिड १९ बाट बच्न सकिने दावी डा.सराेजप्रसाद बिशालले गरेका छन् । बिशाल सामाजिक बिकास मन्त्रालयकाे आयुर्वेद शाखाका प्रमुख हुन् । नेपालमा काेराेना हटस्पट बनेकाे उदयपुरकाे भुल्केबाट याे औषधि बाड्न थालिएको हाे ।

प्रभावित क्षेत्रमा रहेका दुई हजार जनालाई वितरण गरिने छ । याे औषधिले प्रतिराेधक क्षमता बृद्वि गर्ने विश्वास नेपाली हाेमियाेप्याथिक चिकित्सकहरूले गरेका छन् । औषधि नेपालकै अायुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागले उत्पादन गरेको हाे ।-जनआस्थाबाट

Related Articles

Back to top button