Monday, April 6

विबाहपछिको हाम्रो पहिलो होली भन्दै प्रियंका र आयुष्मानले पोष्ट गरे यस्तो तस्विर

March 9, 2020 156

काठमाडौं, २६ फागुन । सरकारले नै कोरोनाबाट बच्नका लागी सार्वजनिक स्थल, सभा, सम्मेलनमा नजान आग्रह गरेसँगै नेपालमा पछिल्लो एकहप्तादेखि शहरहरु अन्य समयभन्दा सुनसान देखिएका छन् ।

यसैबिच आज परेको होली पर्वका अवसरमा मानिसहरु आ–आफ्नो परिवार अनि साथीभाइसँग मिलेर होली खेलिरहेका दृश्यहरु सामान्य रुपमा भएपनि सामाजिक संजालमा अपडेट छन् ।

होलीको रौनक केही पातलो देखिएपनि कलाकारहरुले अन्य वर्षहरुभन्दा यो वर्ष सामान्य तरिकाले होली मनाएका छन् । जुन तस्विरहरुले सामाजिक संजालमा चर्चा पाइरहेका छन् ।

कलाकार तथा निर्माता निर्देशक दीपाश्री निरौलाले फेसबुकमा पोटो पोस्ट गर्दै लेखेकी छन्, ‘घरभित्रै होली खेलौँ ।’ त्यस्तै हालै मात्र विबाह बन्धनमा बाँधिएको जोडी प्रियंका कार्की र आयुषमान देशराज जोशीले पनि एक अर्का रंगमा लतपतिएको तस्विर पोष्ट गरेर होलीमा प्रेम पोखेका छन् । हेर्नुहोस् दीपाश्री निरौला र प्रियंकाका पति पत्निका यि रमाइला तस्विरहरु-

Loading...

प्रतिकृया दिनुहोस्