समाचार

बिरगंजमा पहिलोपटक यी ब्याक्तिलाई पनि देखियो कोरोना संक्रमण

वीरगञ्ज । वीरगन्जका चार जना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार रहेको पाइएको छ। नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । रिपोर्टिङ गर्दै आएका पत्रकारलाई कोरोना संक्रमण भएको बताइएको छ ।

मुलुकका विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताए । यससँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना सङ्क्रमित भेटिएका थिए ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको छवी व्यग्य, टुक्का र उखानवाट तार्कीक वहस गर्ने नेतामा गनिन्छ । उनी कुनै पनि विषयवस्तुलाई निकै चोटिलो पाराले उठाउँछन् । मंगलवारको मन्त्रीपरिषदको बैठकमा पनि प्रधानमन्त्रीले यस्तो व्यग्य गरे । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउनका क्रममा पनि निकै भिडभाड देखिएको छ । सडकमा सवारी साधनको जाम छ । सार्वजनिक भएका तस्बिरहरुले लकडाउनको औचित्य नभएको पुष्टि गरेको छ । सोही कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरे । सुरु देखि नै लकडाउन कडा बनाउनुपर्ने पक्षमा रहेका प्रधानमन्त्री ओली काठमाडौंको अहिलेको अवस्थाले असन्तुष्ट छन् । दिनहुँ कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ ।
प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सोही कुरालाई दोहोर्याएका हुन् । उनी काठमाडौंको अहिलेको अवस्था देखि निकै आक्रोशित देखिन्थे । अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका छन् ।

‘काठमाडौंमा लकडाउन छ र ? प्रधानमन्त्रीले आफ्ना कुरा राख्न सुरु गर्दा भनेको वाक्य हो यो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यसलाई लकडाउन भनिँदैन । आर्थिक गतिविधिमा प्रभाव पर्छ भन्ने नाममा लकडाउन खुकुलु बनाउन नहुने उनको तर्क थियो । जीवन रहे अर्थतन्त्र जोगाउन सकिने बताए । उनले सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि । ’

बैठकमा लकडाउनबारे कुनै एजेण्डा नभएपनि प्रधानमन्त्री ओली भने त्यसैमा केन्द्रित भए । उनले आफ्नो असन्तुष्टि बैठकमा पोखे । पछिल्लो अवस्थाले झन लकडाउनको औचित्य पुष्टि भएको उनको भनाई थियो । मन्त्रिपरिषद् बैठककै बीचमा पर्सा, रुपन्देही र कपिलवस्तुमा आज मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको खबर पुगेको थियो । प्रधानमन्त्री ओलीले यस्तो अवस्थाले नचल्ने भन्दै मन्त्रीहरुलाई लकडाउन थप कडा गर्न निर्देशन दिएका छन् ।

Related Articles

Back to top button
Close