समाचार

सीमानामा जे भइरहेको छ हामी हेरिरहेका छौ भन्दै चीनले भारतलाई दियो यस्तो चेतावनी

काठमाडौं । अहिले भारतको नेपालसँग मात्रै नभई चीन, पाकिस्तानसहित अन्य देशहरुसँग पनि तनाब एकाएक बढेको छ । पाकिस्तानसँग भारतको सम्बन्ध सुरुवातदेखि नै काश्मीरललाई लिएर उच्च विवाद रहेको जानकारी नै छ । हालै नेपालको लिपुलेक मिचेर सडक बनाएको भारतले नेपालमा चर्को विरोधको सामना गर्नु परेको छ । सडकदेखि सदनसम्म भारतीय रवैयाको विरोध भइरहेको छ ।

यो बीचमा केही दिन पहिले सिक्किमको सीमा क्षेत्रमा चीन र भारतबीच तनाब भएको समाचार बाहिर आएको थियो । दुई देशका सैनिकहरूबीच घम्साघम्सी भएपछि चीनले सीमा क्षेत्रहरूमा शान्ति कायम गर्न भारतसँग अनुरोध गरेको छ । बेइजिङमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चिनियाँ सेनाले दुवै देशको सीमानामा शान्ति कायम गरीरहेको छ ।’

गत हप्ता चीन र भारतको सीमामा भएको घटना बारे हामी जानकार छौ । त्यहाँ चिनियाँ र भारतीय सैनिकहरूबीच भएको घटना हामीले नजिकबाट नियालेका छौ । जहाँ ११ जना घाइते भएका छन् चीनले भनेको छ । दुबै देशका सेनाहरुले स्थानीय तहमा बसेर संकट समाधान गरेका थिए । यस्तो हुन नदिन भारतिय पक्ष सैन्य तहसम्म सचेत हुन चीनले भनेको छ । News

Related Articles

Back to top button
Close