समाचार

भारतसँग यु’द्धको स्थिति : राजदुत फिर्ता बोलाएर ईटको जवाफ पत्थरले दिने तयार बनौँ

काठमाडौं । सीमा विवाद उत्कर्षमा पुगेपछि भारतका लागि नेपाली राजदुत नीलाम्बर आचार्यलाई फिर्ता बोलाउन माग गरिएको छ । भारतले हालै लिपुलेक हडपेर सडक निर्माण गरेपछि नेपालमा अहिले विरोध चर्कदै गएको छ । यो बीचमा सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेको जानकारी दिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक प्रेसविज्ञप्ति निकालेर राजदुत फिर्ता बोलाउनुपर्ने माग गरेको हो ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्धारा जारी विज्ञप्तिमा सन् २००५ पछि बनेका सबै सरकारहरू राष्ट्रघाती , राष्ट्रिय अखण्डता विरोधी र भारतको कठपुतली भएको प्रमाणित भएको छ भनिएको छ । थप हेर्नुहोस् विज्ञप्तिको पुर्णपाठः

भारतका रक्षामन्त्री राजनाथ सिंहले मे ८ का दिन नेपाली भूमिमा भारतले बनाएको सडकको उद्घाटन गरेको प्रतिक्रियामा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति र प्रत्युत्तरमा आएको भारतीय भारतीय वक्तव्यका सम्बन्धमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेकपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यसमेत हेर्दा नेपालमा सन् २००५ पछि बनेका सबै सरकारहरू राष्ट्रघाती , राष्ट्रिय अखण्डता विरोधी र भारतको कठपुतली भएको प्रमाणित भएको छ ।

आफ्नै आँखा अगाडि आफ्नै भूभागमा भारतले सडकको शिलान्यास गरेको नदेख्नु मात्र होइन , लगातार १२ वर्षसम्म नेपालको सरहदभित्र चीनसँग जोड्ने सडकको निर्माण भइरहँदा आफुले थाहा नपाएको भन्ने निर्लज्ज लवज सुन्नुपर्दा एकातर्फ साधारण नेपाली हतप्रभ भएका छौँ भने अर्कातिर नेपाली जनतालाई ढाँट्ने अकर्मण्य नेतृत्वको यस्तो निकृष्ट चरित्रले विश्वमै वीर कहलिएको नेपाली जाति वीर होइन कायर भैसकेको रहेछ भन्ने गलत सन्देश प्रवाहित भएको छ ।

तर अहिलेको यो सङ्गीन घडीमा एकअर्कालाई दोषारोपण गरेर जग हँसाउनुभन्दा सबै नेपाली एक ढिक्का भई भारतको राजनीतिक नेतृत्वको यो चरम हेपाइविरुद्ध एकजूट भई लड्ने कुरालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । अब पनि खुट्टा कमाइयो भने कहिल्यै उठ्न सकिँदैन ।

तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारतीय ज्यादतीविरुद्ध कूटनीतिक दबाबस्वरूप अतिक्रमित कालापानी-लिपुलेक क्षेत्रको नेपाली भूमिमा सडक बनाएर उसले खडा गरेको समस्यासमाधान नभएसम्म भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यलाई काठमाडौँ फिर्ता बोलाउन सरकारसँग माग गर्दछ । परिस्थितिवश अहिलेको नेपाल–भारतबीचको सम्बन्ध यु;द्धको स्थितिमा पुगेको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारतलाई ईंटको जबाफ पत्थरले दिने साहस देखाउने समय आएको पनि सरकारलाई स्मरण गराउन चाहन्छ ।

Related Articles

Back to top button
Close