समाचार

नेपालमा उलटफेरको संकेत, यूएईले नेपाली फर्काउन जहाजहरु पठाउँदै छौ भन्दै सरकारलाई लेख्यो पत्र

काठमाडौं । यूएईले त्यहाँ रहेका नेपालीलाई नेपाल फर्काइदिने भन्दै नेपाल सरकारलाई पत्र पठाएको छ । तत्काल दुई वटा विमानमा अप्ठ्यारोमा परेका नेपाली कामदारहरु पठाइदिन लागेको भन्दै अनुमति दिन नेपाल सरकारलाई पत्र पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमानमा नेपाली पठाउँन लागेको जानकारीसहित पत्र मन्त्रालयमा आएको छ ।

तर केही तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन उनले भनेका छन् ।’ आफ्ना नागरिक नेपाल ल्याउँन कुनै चासो नदेखाएपछि यूएईले आफै फर्काउँन लागेको हो । यस्तो अवस्था धेरै तिर आउँन सक्नेछ । मन्त्री ज्ञवालीका अनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था आइसकेको छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् ।

भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने । भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’

उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने । सीमामा आएर अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको लागि गृह मन्त्रालयले तयारी गरिरहेको बताए । ‘आजभोलि नै यो विषय टुंगिन्छ,’ ज्ञवालीले जानकारी दिएका छन् ।

Related Articles

Back to top button