समाचार

विश्वमा धनी र ठूलो भनेर घमण्ड गर्ने भारत नेपालको अगाडी भिखारी देश हो : सांसद चौधरी

सांसद गंगा चौधरी (सत्गौवा) ले भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएकोप्रति आपत्ति जनाएकी छिन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले भारतको उक्त कार्य निन्दनीय भएको बताइन् ।

सम्बन्धित विषय
सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा पर्खाल लगाउनु ठिक हुन्छ : नेता नेपाल
नेपाल-भारत सीमामा सरकारले पर्खाल लगाउने हिम्मत गरोस्, म एक करोड सहयोग गर्छु : पर्यटन व्यवसायी खत्री
परराष्ट्रमन्त्रालयले लियो भारतीय राजदूतसँग स्पष्टीकरण
आफूलाई विश्वमा धनी र ठूलो देश भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिखारी र गरिब देश भएको समेत भएको बताइन् । उनी भन्छिन् ‘आफूलाई विश्वमा धनी र ठूलो देश भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिखारी र गरिब देश हो ।’

सांसद चौधरीले भारतले नेपाली भूमि मिचेर बनाएको सकडविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुको अर्को विकल्प केही नभएको जिकिर गरिन् । उनले भनिन्, ‘भिख मागेर हाम्रो भूमि मिचेको भए बेग्लै कुरा हुन्थ्यो तर हाम्रो भूमि चोरेर बनाएको बाटोको विरुद्धमा हामी अन्तर्राष्ट्रिय अदालत जानुपर्छ, अरु विकल्प छैन ।’

संसद र सडकमा अहिले भारतले नेपालको भूमि प्रयोग गरेर बाटो बनाएकोमा चौतर्फ विरोध भइरहेको छ । यसै सन्दर्भमा केही दिन अघि मन्त्रि पद्मा अर्यालले एक रेडियोलाई दिएको अन्तरवार्ता पनि विवादित भएको छ । अन्तरवार्ताको क्रममा उनले लिपुलेक इतिहाँसदेखि नै नेपालको नक्शामा नभएको भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

Related Articles

Back to top button
Close