Thursday, April 2

गर्मी बढ्दैछ भनेर ढुक्क नहुनुहोस्ः तातोमा पनि फैलन्छ कोरोना भाइरस-डब्ल्यूएचओ

March 7, 2020 1091

चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस अहिलेसम्म संसारका ७९ देशमा फैलिएको छ । जुन गतिका साथ यो भाइरस फैलिइरहेको छ, वैज्ञानिकहरू भन्छन्ः त्योभन्दा तिब्र गतिमा यो भाइरसबारेको अफवाह फैलिइरहेको छ । जसका कारण मानिसहरू आतंकित भइरहेका छन् । विज्ञहरूका अनुसार, त्यस्ता हल्ला झुटा दावी, षड्यन्त्रको आशंका र गलत जानकारीमा आधारित छन् । सामाजिक सञ्जालले ’आगोमा घ्यूु थप्ने’ काम गरेको छ ।

तातोले कोरोना भाइरस मार्छ भन्ने कुरा तपाईंले सुन्नुभएकै होला । अथवा, अधिक तापक्रममा यो भाइरस बच्न सक्दैन भन्ने सुन्नुभएको होला । यो हल्ला हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, तातोमा हात सेकाउँदैमा भाइरस मार्दैन । उल्टै, ताप पैदा गर्ने विभिन्न उपकरणमा हात सेकाउँदा विकिरणहरूले छालामा असर गर्नसक्छ । वैज्ञानिकहरू तातो र कोरोना भाइरसको सम्बन्धबारे कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।

यस्तै कोरोनाबाट बच्न जतिखेर पनि मास्क लगाएर बस्नुपर्छ भन्नेवारे चिकित्सकहरुले फरकफरक धारणा राखेका छन् । केहीले मास्क लगाउन भनेका छन् भने केहीले जरुरी नभएको बताएका छन् । अमेरिकाको ’सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् (सिडिसी)’ ले स्वस्थ मानिसले मास्क नलगाउँदा पनि फरक नपर्ने बताएको छ । त्यहाँका डाक्टर जेरोमी एडम्सको कुरा मान्ने हो भने, ’ढंगले लगाइएन भने मास्कले उल्टै जोखिम बढाउनसक्छ ।’ कोरोना संक्रमितहरूले भने मास्क लगाउनैपर्छ, ताकि संक्रमण अरुलाई नसरोस् ।

त्यसबाहेक, संक्रमितहरूको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीहरूले पनि मास्क लगाउनैपर्छ । सिडिसीको सल्लाह छ, तपाईंको घरमा कोही कोरोनाका संक्रमित छन् वा कुनै सदस्यलाई यसको लक्षण देखिएको छ भने परिवारका अन्य स्वस्थ सदस्यले पनि मास्क लगाउनैपर्छ । अन्यथा, मास्क लगाउनैपर्छ भन्ने छैन । काडमाडौंजस्तो प्रदूषित शहरमा मानिसहरू उसै पनि बाहिरफेर निस्कँदा मास्क लगाउने गर्थे। अहिले कोरोना भाइरसको हल्ला चलेपछि बजारमा मास्कको अभाव देखिएको छ, कालोबजारी सुरू भएको छ । हल्लाका कारण, नेपालमा मात्रै होइन, संसारभर नै मास्कको हाहाकार भएको छ । फलस्वरुप, संक्रमितहरूसँग नियमित हेलमेल गरिरहनुपर्ने स्वास्थ्यकर्मीले समेत मास्कको अभाव झेल्नुपर्ने अवस्था आएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्