समाचार

मौसम यस्तो डरलाग्दो बन्ने भन्दै मौसम पूर्वानुमान महाशाखाद्धारा आकस्मिक सूचना जारी

काठमाडौं । अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ । हाल देशको सुदुर पश्चिम प्रदेशमा आशिंक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिनभरी देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशको पहाडि भु–भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । आज राति देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बैशाख ३० गते (मंगलबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३१ गते (बुधबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भु-भाग भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Related Articles

Back to top button
Close