समाचार

‘लिपुलेक हाम्रो हो, भारतिय बि’स्तारबाद मु’र्दाबाद’ भन्दै भारत सरकारको वि’रोधमा राँ’के जु’लुस

गोरखा, नेपाली भुमि मि’चेर भारतले धार्चुलाबाट लिपुलेक सम्म सडक निर्माण गरेको विषयमा सरकार उ’दासिन बनेको भन्दै नेविसंघ गोरखाले बि’रोध जनाएको छ । आफ्नो भुमि मि’चिँदा समेत सरकारले पत्तो नपाउनु देश प्रतिको र नेपाली जनता प्रतिको अ’न्र्तघात भएको आ’रोप लगाउँदै नेविसंघले आज साँझ गोरखा बजारमा राँ’के जु’लुस निकालेको अध्यक्ष सुवास अधिकारीले बताए ।‘लिपुलेक हाम्रो हो, भारतिय बि’स्तारबाद मु’र्दाबाद, नालायक सरकार राजिनामा दे, सिमा मिच्न पाईदैन’ जस्ता ना’रा लगाउँदै नेपाल विद्यार्थी संघका युवाहरु हातमा राँ’को लिएर सडकमा निस्किएका थिए ।

गोरखा सदरमुकामको घ्याम्पेशाल चोकदेखि हरमटारी चोकमा जु’लुस सहित को’ण सभा गर्दा प्रहरीले भने पत्तो पाएन ।प्रहरीलाई झु’क्याएर मुख्य सडकको चोकमा को’ण स’भा गर्दै नेविसंघ जिल्ला अध्यक्ष सुवास अधिकारीले भने ‘भुमी मि’चिँदा सरकार मौन छ, सरकारको आधिकारीक जवाफ आएको छैन, फिर्ता ल्याउन कुनै पहल भएको छैन, सही छाप नभएको वि’ज्ञप्ती जा’री गर्नुले सरकार ड’राएको प्रष्ट हुन्छ ।’ बर्तमान सरकार भ’ष्ट्राचारमा डु’बेको, भुमि मि’चिँदा मौन बसेको लगायत कारणले रा’जिनामा दिनुपर्ने मा’ग अध्यक्ष अधिकारीले गरे ।

Related Articles

Back to top button
Close