Thursday, February 27

फोहोरबाट बिजुली निकाल्न युएईले नेपाललाई एक अर्ब १३ करोड सरल कर्जा दिने

January 12, 2020 158

काठमाडौं, २७ पुस । नेपालले संयुक्त अरब इमिरेट्स (यूएइ) ले दिने एक करोड डलर (एक अर्ब १३ करोड) सहुलियत कर्जा नेपालले स्वीकार गरेको छ । उक्त कर्जा नेपालले फोहोरबाट बिजुली निकाल्नमा खर्च गर्नेछ ।

राजधानी आबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा भएको हो ।

नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरेका उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै मल उत्पादनका क्षेत्रमा पनि काम गरिनेछ ।

सहुलियतपूर्ण कर्जामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा छानिएका थिए ।

Loading...

प्रतिकृया दिनुहोस्