समाचार

लिपुलेक वि’वादमा भारतमात्र होइन, चीन पनि सं’लग्न छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालको सी’मा अ’तिक्रमण गरेको विषयमा सरकारले अपनाउने कु’टनी’तिक पहल ठिक हुनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले सरकारले दिने वक्तव्य अर्थात चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएको तर एक्सन पनि ठिक तरिकाले जानुपर्नेमा सहमती जनाएका हुन् ।

“यहाँ माननिय सदस्यहरुले पनि जसले त्यो लेटर पढ्नु भएको छ उहाँहरुले पनि लेटर ठिकै छ भनेर पनि आयो लेटर ठिकै छ तर लेटर मात्रै ठिक भएर भएन्।” उनले भने । त्यो एक्सन पनि ठिक हुन पर्यो भन्ने माननिय सदस्यहरुको त्यो भावना छ विलकुल सहि नै छ।’ लिपुलेक तथा जहाँजहाँको सी’मामा वि’वाद छ त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष प्रचण्डले बताए । भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौता पछि यो स’मस्या भारतसँगको मात्रै नभई त्रिदेशिय स’मस्या भएको बताए।उनले भने ,‘लिपुलेक प्र’करण पछि यो त्रिदेशिय जस्तो बन्न गएको छ। यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अ’प्ठेरो छ। त्यहाँ चीन पनि त्यसमा सं’लग्न भएको भारत चीनको सम्झौता सहमति भएको हुनाले।’

अध्यक्ष प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताएका छन् । यो विषय सामान्य नभएको र भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने उनको भनाइ छ ।कालापानीमा भारतीय सेना झण्डै ६०/६५ वर्ष पहिल्यै देखि बसिराखेको र त्यसको बारेमा ग’म्भिरता पूर्वक विषयलाई उठाउने र ग’म्भिरतापूर्वक समाधानको निम्ति पहल गर्नेमा विगत देखि अहिलेसम्म किन भएन भनेर समेत विश्लेषण गर्नुपर्ने उनले बताए ।

Related Articles

Back to top button
Close