अन्तर्राष्ट्रिय समाचार

वुहानमा पाँच सातापछि फेरि भेटिए कोरोनाका संक्रमित

काठमान्डौ , कोरोनाभाइरसको उद्गम थलो भनिएको चीनको वुहानमा पाँच सातापछि कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभरि १४ कोरोनाभाइरस संक्रमित थपिएका छन्। यो संख्या अप्रिल २८ यताको सबैभन्दा धेरै हो। गत बिहीबारमात्र चिनियाँ अधिकारीहरूले पूरै देशमा कोरोनाको जोखिम न्यून भएको बताएका थिए। शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए। शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन्।

नेशनल हेल्थ कमिसनले सुलान शहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको जनाएको छ। संक्रमित सबैमा कोरोना भाइरस संक्रमणका कुनै लक्षण नदेखिएको कमिसनको भनाई उदृत गर्दै रोयटर्सले जनाएको छ। चीनमा हालसम्म ८२ हजार ९ सय १ जना संक्रमित भएका छन्। तीमध्ये चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ।वुहानमा भेटिएका संक्रमितमा यसअघि कुनै कोरोनाभाइरसका कुनै लक्षण नदेखिएको बताइएको छ।

Related Articles

Back to top button
Close