समाचार

भारतमा लखेटिएका नेपाली भन्छन्- हामी गलिसक्यौं, अझै प्रवेश नदिए सामूहिक मर्छौं

भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पु¥याएर छाडिएको जनाइएको छ । सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले ल’खेटेर खटिमा पु¥याएको थिए ।

सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कँग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका थिए । शनिबार राति बसमा राखेर मजदुरलाई पुनः रुद्रपुर पु¥याइएको छ । रातभरि खुला आकाशमुनि बस्नुपरेको मजदुरले जनाएका छन् । ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका बासिन्दा रहेका छन् । उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कविता समेत छिन् । कैयौँ दिनदेखि भोकभोकै बस्नुपरेको छ, उनले भनिन्, “श्रीमतीको सुत्केरी हुने दिन नजिकिँदै गर्दा निकै समस्यामा परेका छाँै । मर्नु न बाँच्नुको अवस्थमा पुगेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिए । पहिले बसेकै क्वारेन्टाइनमा फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु उनले भने, “दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो । भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु ।”

“दुवै देशका नागरिक जुन ठाउँमा छन् । त्यसै ठाउँमा बस्न दिने भन्ने समझदारी भएको छ । भारतले क्वारेन्टाइनबाट नेपालीलाई निकाल्नु हँुदैन । हामीकहाँ समेत भारतीय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । यसबारे भारतीय पक्षसँग कुराकानी भइरहेको छ । के भएको रहेछ बुझने प्रयासमा छौँ”, प्रजिअ खतिवडाले भने । यहाँ रहेका भारतीयको विवरण भारतीय पक्षले मागेको हुँदा विवरण तयार गरी उनीहरुलाई दिइने उनले बताए।

यदि कोरोना संक्रमण भए १४ देखि २१ दिनभित्र लक्षणको विकास हुन्छ र ज्वरो, सुक्खा खोकीजस्ता लक्षण देखिन्छन् । उनीहरु त्यहाँ बसेको ४५ दिनभन्दा बढी भइसकेको छ । यसको अर्थ यसअघिसम्म उनीहरुलाई कोरोना संक्रमण नभएको थाहा पाउन सकिन्छ । आँगनमा पुगेर ढोका बन्द गरिएपछि फर्किएकाहरु भन्छन्, “अब गलिसक्यौं । अझै नेपाल प्रवेश गर्न दिएन भने सामूहिक मर्छौं ।” डडेलधुराको पर्शुराम नगरपालिका १०, कुर्मुल्लेका सुशील जोशीले भने, “हामी बाँच्‍न चाहन्छौं । न हामीलाई खाना छ न सुत्‍ने व्यवस्था । यति दिनसम्म त बाँच्यौं । अब त गलिसक्यौं । अझै पनि नेपाल प्रवेश नपाए सामूहिक मर्छौं ।”

उनीसँगैका अन्यले पनि सरकारलाई जसरी पनि आफ्नै देश फर्काउन पहल गरिदिन आग्रह गरिरहेका थिए । उनीहरुले भने, “सरकारले जे-जे भन्छ, त्यही मान्छौं । मर्नै परे आफ्नै भूमिमा मर्छौं । महाकाली पुलका ढोका खोलिदिनुपर्‍यो ।”û

Related Articles

Back to top button
Close