समाचार

सिक्किमको सीमामा भारत र चीनका सैनिकबीच झ’डप, केही घा’इते

२८ बैशाख २०७७, आईतवार काठमान्डौ ,उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना ख’टिएका भारत र चीनका सै’निकबीच झ’डप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक झ’डप भएको हो। झ’डपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घा’इते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। झ’डपमा दुबै पक्षका १५० सैनिक सं’लग्न भएको बताइएको छ। एक सैनिक अधिकारीले वि’वादलाई स्थानीय स्तरमै वा’र्ता गरेर टुंग्याइएको बताएका छन्।

यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। सीमामा दुई देशका सै’निकहरूबीच झ’डप भएको यो पहिलो पटक भने होइन। तीन वर्षअघि दोक्लममा दुई देशका सैनिक आ’मनेसामने भएका थिए। चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रो’क्न खोजेको थियो। दोक्लम त’नाव ७३ दिनसम्म चलेको थियो। २०१७ अगस्टमा लद्दाखको पेनगोङ ताल क्षेत्रमा दुई देशका सैनिकले ढुंगा हा’नाहान गरेका थिए।

Related Articles

Back to top button
Close