समाचार

सशस्त्र प्रहरीले शुरु गर्यो सीमा क्षेत्रमा गस्ती, सीमा पिलरको अनुगमनदेखि भारतबाट आउनेमाथि रोक

कञ्चनपुर, सरकारले कोरोना भाईरस रोकथामका लागि लकडाउन र सीमा बन्द गर्ने निर्णयसंगै कञ्चनपुरमा पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा जनशक्ति बढाउनुका साथै सीमा पिलरको समेत रेखदेख अनुगमन एव भारतबाट आउनेमाथि रोक लगाएको छ ।सशस्त्र प्रहरी बल ३५नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर सिह साहु आफै कञ्चनपुरको उत्तरी भेग सीमा अनुगमन एव रेखदेखमा हिडेका छन् । भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि ९ ब्रम्हदेब खल्लामछेट्टीसम्मको सीमा पिलर र क्षेत्रको अनुगमन गरिएको छ ।शनिबार अनुगमन गरिएको हो ।

‘सीमा पिलर र सीमा क्षेत्रमा आवत जावतमा रोक लगाईएको छ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘उत्तरी सीमा क्षेत्रबाट कुनैपनि न भारत न नेपाल छिरेका छन् ।’सशस्त्र प्रहरी उपरीक्षक शाहुले सो क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा सुक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएका छन् । चुस्त दुरुस्त भएर प्राकृतिक सम्पदा एव व्यक्तिको आवत जावत पूर्ण रोक लगाउन निर्देशन दिएका हुन् ।सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट नेपाल प्रवेस र भारत प्रवेस गर्नेमाथि रोक लगाउँदै लकडाउन प्रभावकारी गर्नका लागि बजारमा समेत अनुगमन जारी राखेको छ ।

Related Articles

Back to top button
Close