कालापानी-लिपुलेकमा भारतले ठुलो सडक बनाएपछि ज्ञानेन्द्रले मोदीलाई यस्तो कडा प्रहार गरे
दार्चुला । भारतले मिचेको सिमाना को बिरोध गर्दै हामी नेपाली हाम्रो नेपाल अभियानले बिज्ञप्ति निकालेको छ । संयोजक ज्ञानेन्द्र शाहीले फेसबुकमा एक स्टाटस लेख्दै अभियनको बिज्ञप्ति सार्वजनिक गरेका थिए यस्तो छ स्टाटस छिमेकी रास्ट्र भारत सरकारका जिम्मेवार मन्त्रीले एकपक्षिय रुपमा सार्भभौम रास्ट्र नेपालको भुमी लिपुलेक लिम्पियाधुरा खण्ड हुदै छिमेकी रास्ट्र चाइना जोड्ने सडक बाटो निर्माणको घोषणा गरेको प्रती ूहाम्रो नेपाल( हामी नेपालीू अभियान, भारत सरकारको यस्तो ९ कुटनितिक मर्यादा बिपरित गरियको० गैर जिम्मेवार एवं हेपाहा प्रबृतिको घोर भर्त्सना एवं खेद ब्यक्त गर्न चाहन्छौ ।
भारतले नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेको छ । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । भारतीय रक्षामन्त्रीले भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भएको उक्त सडक लिपुलेक हुँदै चीनको कैलास मानसरोवर जोड्न सफल भएको दाबी गर्दै सडकको उद्घाटन समेत गरिसकेका छन् ।