समाचार

लिपुलेक बारे भारतले दियो सबै नेपाली चकित हुने अभिव्यक्ति

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे सबै नेपाली चकित हुने अभिव्यक्ति दिएको छ । नेपालले औपचारिक रुपमा नै भारत सरकारको यो कार्य दुर्भाग्यपूर्ण भएको बताएपछि उसले जवाफ फर्काएको छ । जवाफमा उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्य भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’ नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ । दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ । नेपालले उक्त सडक नेपाली भूमिमा बनेको दावी गरेको छ भने भारतले भारतिय भूमिमा नै बनेको दावी गरेको छ । नेपालको दावी अनुसार उक्त क्षेत्रमा चीनसँग भारतको सिमाना जोडिदैन । हेर्नुहोस् नेपालको प्रतिक्रिया र भारतको जवाफ

Related Articles

Back to top button
Close