समाचार

रातारात भारतले हाम्रो भूमि मिचेर कालापानी- लिपुलेक हुँदै चीन जोड्ने सडक बनायो, हाम्रा नेता कुर्चि जोगाउन लडिरहेका छन्

भारत सरकारले ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रको नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उद्घाटन गरेकोमा मंगोल नेशनल अर्गनाइजेशन–डा।गोपाल गुरुङ घोर आपत्ति प्रकट गर्दछ ।

मंगोल नेशनल अर्गनाइजेशनका संयोजक वीर लाल राईद्धारा जारी गरिएको विज्ञप्तिमा भारतीय दादागिरी कदम बिरुद्ध राष्ट्रवादी शक्तिहरु एक भई अतिक्रमण भुमि फिर्ताको निमित्त सम्बन्धित पक्षलाई दबाव दिन एक हौ भनी आव्हान गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रियता माथी पटक–पटक हमला हुँदा पनि दुई तिहाईको सरकार मुकदर्शक बनेको देखिन्छ । यस दुखद घडीमा तत्काल भारतीय पक्षसंग छलफल गरी निकास खोज्न सरकारसंग जोडदार माग गरिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुटको शुक्रबार उद्घाटन गरेका थिए।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरेको हो। यही बिचमा नेपालमा सत्तारुण् दलमा ठूलो किचलो देखियो । ओलीदेखि पप्रचण्डसम्मकाले घर भित्र नै पावरको लडाइ लड्न खोज्दा भारतले मौका छोपेर नेपाली भूमिमा बनेको सडकको उद्घाटन गर्न समेत भ्याउँदा अहिलेसम्म राज्य पक्षबाट कसैले आवाज उठाएको छैन ।

Related Articles

Back to top button
Close