Sunday, April 5

कुकुरमा पनि देखियो कोरोना भाइरस

March 5, 2020 116

हङकङ, हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो ।

कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा र्‍यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।त्यस्तै कोभिड १९ अर्थात् कोरोना भाइरसको उद्गमस्थल चीनमा गएकाे २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन । पछिल्लाे २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् । चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घटे पनि विश्वका अरु देशमा सङ्क्रमितसँगै ज्यान गुुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

कोरोना भाइरसका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक सय ५९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।५१ हजार चार सय ४९ जना उपचारपछि घर फर्किएका छन् ।९५ हजार एक सय ८० जनामा सङ्क्रमण देखिइसकेकाे छ । अहिलेसम्म तीन हजार दुई सय ५४ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८४ देशमा फैलिएको छ । काेराेनाकाे सङ्क्रमण बढेसँगै इटलीले आजदेखि १० दिनसम्म सबै स्कुल बन्द गर्ने घोषणा गरेको छ ।

यस्तै सिरी ए फुटबलसहित व्यवसायिक फुटबल खेल एक महिनाका लागि बन्द गरिएकाे र पछि खेलाउने निर्णय गरिएको इटली सरकारले जनाएको छ । कोरोना भाइरसका कारण इटालीमा एक सय सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।यसअघि कोरोनाको उद्गमस्थल चीनसँगै हङकङ, जापान, इराक र संयुक्त अरब इमिरेट्स यूएईले यसअघि नै स्कुल बन्द गर्ने निर्णय गरिसकेका छन् । यस्तै फ्रान्सले पनि एक सय २० भन्दा धेरै स्कुल बन्द गरेको छ । यसबाट लाखौं विद्यार्थी प्रभावित भएका छन् ।सुरुमा रुघाखोकी र उच्च ज्वरो आउनु, शरीरका मासु दुख्न थाल्नु अनि बिस्तारै सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् ।

Loading...

प्रतिकृया दिनुहोस्