समाचार

दिल्लीमा ३ दिनदेखि भो’कभो’कै सुतेका एक नेपालीको नि’धन !

भारतको दिल्लीमा भो’कभो’कै सुतेका एक नेपालीको नि’धन भएको छ । तीन दिनदेखि भो’कै भएका कैलालीको धनगढी उप महानगरपालिकाका एकजना युवकको ज्या’न गएको हो । दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा सवारी चालको रूपका कार्यरत उनी राति भो’कभो’कै सुतेका र आज बिहान मृ त अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनको नाम रवी हो भनिए पनि थप खुलेको छैन । युवकको मृ’त्यु भएकोबारे दिल्लीस्थित् नेपाली दूतावासलाई जानकारी गराइसकिएको त्यहाँ रहेका महादेव भट्टले बताए ।

“म’जदुरीका लागि भारतमा रहेका धेरै नेपालीहरू भो’कभो’कै छन्, सहयोग गर्नुस् भनेर भनेर पटकपटक नेपाली दूतावासमा जानकारी गरायौँ तर, कुनै सुनुवाइ भएन”, भट्टले भने । भारतमा म’जदुरीको लागि धेरै नेपालीहरु पुगेका छन् । भारत जानको लागि पासपोर्ट नचाहिने हुनाले यकिनका रुपमा यति नै संख्यामा भारतमा नेपाली छन् भन्ने तथ्यांक नेपाल सरकारसँग छैन । लामो समयदेखि लकडाउन खेपिरहेका नेपाली म’जदुरको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ ।

नेपाल सरकार भन्छ “नेपालमा रहेका भारतीय नागरिकको जिम्मा हाम्रो भयो त्यहाँ रहेका नेपाली नागरिक तपाइहरुको जिम्मामा” भनेर भारतीय अधिकारीहरुसँग कुरा भएको हुनाले कोहि पनि नआ’तिन अनुरोध गरिरहेको छ ।

Related Articles

Back to top button