समाचार

ब्लड क्यान्सर पीडित यी बालकलाई बचाउन सहयोगी मनहरु सम्म पुर्याउनको लागि एक सेयर गरिदिनु होला

काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्बर १ छोटेसाहन स्थाइ घर भाई हाल ललितपुर जिल्ला इमाडोल कृष्ण मन्दिर स्थित बस्दै आएका १५ बर्षिय नावाङ मोक्तानको परिवार अहिले ठूलो पीडामा छन् ।
नावाङलाई ब्लड क्यान्सर भएको खबरपछि आफूहरुको जीवनको सबै सपना समाप्त भएको ठानिरहेका छन्, उनीहरु ।

नावाङ टुहुरा हुन् । उनको आमाको केही वर्षअघि गाडि दुर्घट्नामा परेर मृत्यु भयो । आमाबिनाको जीवन जिइरहेका उनी आफै यतिबेला मृत्युको मुखमा पुगेका छन् ।
यदि समयमै उपचार गर्न नसकेको खण्डमा उनको मृत्यु निश्चित छ । ढाड दुख्ने अनि जोर्नी र नसामा ज्वरो आएको समस्या लिएर पाटन हस्पिटल पुगेका नावाङका लागि जीवनको सबैभन्दा अप्रिय रिपोर्ट आयो ।

रिपोर्ट हातमा लिएर बसेका डाक्टरले जब उनका बुवासँग भने, ‘तपाईको छोरालाई ब्लड क्यान्सर भएको छ ।’ डाक्टरको यति कुरा सुनेपछि उनलाई जिउँदै मरेको अनुभव भएको सुनाउँछन् उनी ।

ड्राइभिङ गर्दै आएका नावाङका बुवा ज्ञान बहादुर मोक्तान विगत ७ महिनादेखि हस्पिटल धाइरहेका छन् ।
हस्पिटल धाउँदा–धाउँदै २ लाख भन्दा बढी खर्च भइसकेको छ, उनको । कक्षा १० मा पढ्दै गरेका उनका जीवनका बाँकी सपनाहरु के होलान् रु नावाङलाई हामी बचाउन सक्छौँ रु यस्ता धेरै प्रश्न छन् ।

हो, कसलाई पर्दैन र दुख । खाली समयको खेल न हो, कसैलाई छिटो त कसैलाई ढिलो । आखिर दुख सबैलाई पर्छ । त्यसैले आउनुस्, यी बालकलाई नयाँ जीवन दिलाउन तपाई हामी सबैले सकेको सहयोग गरौँ ।

हामी उनको अवस्था बुझ्न् उनको निवासमा पुग्यौ । निकै चिन्तामा परेका मोक्तानलाई सबैले सहयोग गरौ । दिन प्रतिदिन बढ्दै गएको पिडा खपी नसक्नु छ । थप बुझ्न् चाहनुहुन्छ र फोन गर्न चाहनुहुन्छ भने उनको बुवा ज्ञान बहादुर मोक्तानको संपर्क नम्बर ९८६१६१ १० ९६ यो नम्बरमा कल गरेर बुझ्न सक्नुहुनेछ । उनको दर्दनाक अवस्थालाई सबैले बुझेर सकेको सहयोग गरौ ।

Related Articles

Back to top button
Close