समाचार

भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु गलत हो : पूर्वराजा शाह

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् । लिपु लेकको विषयलाई लिएर ट्वीट गर्दै उनले सो बताएका हुन् । उनले लेखेका छन्– ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ,पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता सं’वेदनशील क’मजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’

नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अ’तिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो क’न्फरेन्समार्फत उक्त सडकको शुक्रबार उ’द्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि यस विषयलाई लिएर चौ’तर्फी रुपमा वि’रोध गर्नेको संख्या बढिरहेको छ। नेपाली पक्षसँग स’ल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धा’र्मिकस्थल मानसरोवर जाने सडक मार्ग खो’लेको हो ।

Related Articles

Back to top button
Close