मनोरंजन

राधाकृष्ण मन्दिरमा सुहानाको बर्थ डे

नायिका सुहाना थापाले शुक्रबार आफ्नो जन्मदिन मनाइन् । नायिका थापाले आफ्नो जन्मदिन ‘भगवान कृष्ण’को मन्दिरमा पुगेर मनाएकी थिइन् । काठमाण्डौको बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा अवस्थित इस्कन नेपालमा रहेका ७५ वटा गाइलाई उनले खानुकरा खुवाएकी हुन् ।

नायिका थापा भगावन् कृष्णको ठूलो भक्त हुन् । शाहाकारी यी नायिकाले जन्मदिनमा कृष्ण मन्दिरमा आउन पाउँदा निकै नै खुशी लागेको बताइन् । उनी, आमा झरना थापा र बुबा सुनिलकुमार थापाको साथमा कृष्ण मन्दिर पुगेकी थिइन् । निर्देशक थापाले भनिन्–‘मन्दिरमा पुजा गरि मन्दिरमै माताहरुलेब बनाउनुभएको केक काटेर सुहानाले जन्मदिन मनाएकी हुन् ।’

चलचित्र ‘ए मेरो हजुर ३’बाट यो क्षेत्रमा भित्रिएकी यी सुन्दरी अहिले चलचित्र ‘ए मेरो हजुर ४’मा काम गरिरहेकी छिन् ।

Related Articles

Back to top button