स्वास्थ्य/ जिबनशैली

ख’तरनाक हुन सक्छ महिलालाई सेतो पानी बग्ने स’मस्या, ३० वर्ष पुगेको महिला भए पाठेघरको मुखको…..

काठमाडौं । अहिले नर्सिङ पढिरहेकी १९ वर्षीया बबिताको कहिलेकाहीँ यो’नीबाट सेतोपानी बग्ने गर्छ । उनीमात्र होइन, उनका साथीलाई पनि यस्तो स’मस्या छ। तर, यसबारे उनले कुनै उपचार गराएकी छैनन् । ‘किन उपचार नगराएको?’ भन्ने प्रश्नमा उनको जवाफ थियो–‘लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ ।’ के कारणले यस्तो भएको हो भन्नेबारेमा उनलाई जानकारी पनि छैन ।

महिनावारी हुने समयमा लगातार सेतोपानी बग्ने स’मस्याले ४१ वर्षीया रीना थापालाई पनि सताएको छ । निरन्तर यो’नीबाट सेतोपानी बग्ने स’मस्या भएपछि ४४ वर्षीया रीता शर्माले ल’ज्जावती झारलाई पिँधेर खाएको बताइन् । धेरै महिलालाई यस्तो स’मस्या भएपनि उनीहरु चिकित्सककहाँ जान लजाउने भएकाले यिनको उपचार हुन नसकेको बताउँछिन्, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवाल। उनले महिलामा देखिने विभिन्न स्वास्थ्य स’मस्यामध्येको एक ‘योनीबाट सेतोपानी बग्ने’ पनि भएको बताइन् ।

कतिपयले यसलाई सामान्यरुपमा लिएका हुन्छन् त कतिपयले ख’तरनाक मानेका हुन्छन् । स्त्रीरोग विशेषज्ञ तथा प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतम ‘सेतोपानी ब’ग्दैमा आ’त्तिइहाल्नु नपर्ने तर सेतोपानी बग्छ र त्यो ग’न्हाउँछ भने त्यसबेला चाहिँ सतर्क भइ स्वास्थ्य परीक्षण गराइहाल्नुपर्ने’ सुझाव दिन्छन् । उनले भने–‘सामान्यतः कुनैपनि महिलाको भित्र फूल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले यो सामान्य प्रक्रिया हो । यदि पो’ल्दैन, दु’ख्दैन, ग’नाउँदैन भने धेरै आ’त्तिइहाल्नु पर्दैन ।

तर, सेतोपानी जाँदा साह्रै ग’न्हाउँछ वा प्याड नै लगाएर हिडँनुपर्ने भयो वा चि’लाउने पो’ल्ने भयो भने त्यस्तो बेलामा उपचार गर्नुपर्दछ । ‘३० वर्ष पुगेको महिला हुन् भने पाठेघरको मुखको जाँच (प्याप स्मेर) गर्नुपर्छ। अझ सुविधा छ भने ‘लिक्युड बेस साइल्कोजी’बाट जाँच गर्नु झन् राम्रो हुन्छ । त्यसमा सामान्य नतिजा आयो भने सेतोपानी आएर केही हुँदैन ।’ कहिलेकाहीँ पाठेघरको भित्र नै ट्युम वा क्या’न्सर भएरै सेतोपानी बगेको हो कि भन्ने पनि हुनसक्छ।

त्यस्तो बेलामा चिकित्सकलाई देखाउनुपर्छ। देखाउँदा सामान्य रहेको नतिजा आए सेतोपानी पछि आफैं रोकिएर जान्छ । तर, यस्ता समस्याबाट बच्न सरसफाइमा पनि ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। यस्तो समस्या बढ्दै गएमा अन्य ख’तरा नआओस् भनी चिकित्सककोमा गइ जाँच गराउनुपर्दछ । आफैंले घरायसी उपचार पद्धति अपनाउनुको साटो स्त्रीरोग विशेषज्ञकोमा गइ उपचार गराउनु भरपर्दो हुन्छ ।

Related Articles

Back to top button
Close